कलैया, बारा
बढी पैसा कमाउनको लागि छोरा विदेश गएको बेला ससुराले आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्न खोज्दा अस्विकार गरेपश्चात माईती घर बस्न बाध्य भएकी छिन २६ बर्षीया नुरुन नेसा खातुन । दुई छोरा छोरीको आमा खातुनलाई जान जोगाउन धौँ–धौँ भएको बेला ससुराले १० दिन भित्रमै अर्को बुहारी भित्रियाई छोरालाई फेरी विदेश पठाइयो । यता नयाँका लगि जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय बारामा दुई महिना भन्दा वढी धाई सक्दा समेत कुनै किसिमको न्याय पाउन सकेका छैनन् खातुनले महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न नेपाल प्रहरीले छुटै निकाय गठन गरि वर्षेनि करोडौँ विदेशि डलर सिध्याएकै छ । साथै विभिन्न गैर सरकारि संस्थाले समेत महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न गाँउ गाउमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । तर पिडित खातुन प्रति कसैको ध्यान गएको छैन् ।
भारतको मोतिहारि जिल्ला पुर्विचम्पारण रामपुर गाँउमा जन्मेकि नुरुननेसा खातुनको २०६० सालमा बाराको गा.वि.स. विशुनपुर वाड नं. ६ नयाँ टोलमा मोमताज मियाँ संग विवाह भएको थियो । विवाह पश्चात २०६४ सालमा एक छोराका आमा वनेकी थिईन् । घरको आर्थिक अवस्थालाई मजवुत वनाउन श्रीमान पहिलो चोटि विदेश गए पश्चात फेरि तिन वर्ष पछि फर्केर आई ६ महिना नवित्दै कमाउनका लागि साउदि अरब पुगे, त्यसैको मौका छोपेर ससुरा फहिम मियाँ अन्सारीले पटक पटक लोभ देखाई आफुलाई राजि गर्न प्रस्ताव समेत राखेको खातुनले वताईन् तर एक दिन् राति १० वजे ससुरो मेरो आफ्नो कोठामा आई जबरजस्ती करनि गर्न खोज्दा मलाई ज्यान मार्न समेत लगाए ।
खातुन ज्यान जोगाउन जिल्ला प्रशासन कार्यलय बारामा शान्ति सुरक्षाको निवेदन समेत दिईन् र त्यस पश्चात ससुराले छोरालाई विदेशवाट वोलाई उल्टै म माथि आरोप लगाउदै अर्को विवाह गरि मलाई घरवाट नै वेघर वनाए । त्यस पश्चात वहुविवाह र आफ्नो छोरा छोरीलाई उपलब्ध गराउन जिल्ला प्रहरी कार्यलय बारामा बहु विवाह तथा जिवको पार्जनको लागि हक दाविको मुदा माघ २७ दर्ता गराईन् । तर पटक पटक गरि दुई महिना सम्म धाई सक्दाँ समेत न्याँयको लागि कुनै पनि पहल नभएको दुखेसो खातुनल पोखिन्े । एक पटक होईन दुई पटक होईन चार पटक सम्म जिल्ला प्रहरी कार्यलय बाराका अधिकृतहरुले ससुरालाई पक्राउ गरि मुदालाई छिनोफानो गर्न आशवासन मात्र दिए । तर आफ्नो छोरिको पालन पोसन र छोरिको हक अधिकारको लागि आफ्नो देश भारतमा भएको भए मुदालाई छिनोफानो गर्न कुनै समस्या नै हुने थिएन् । तर प्रहरी प्रशासनको व्यवहार देखेर अव नेपालमा कुनै किसिमको समबन्ध नै नवनाउने निर्णयमा पुगिन् । पिडित खातुन कि आमा तसलिना खातुनले वताईन् ।
आर्का तिर गा.वि.स. विशनपुरवामा महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न महिला तथा वालवालिका कार्यलय बारा, गैर सरकारि संस्था तथा समुदायिक महिला केन्द्रको संयुक्त सहयोगमा पारालिगल कार्यक्रम समेत संचालनमा रहेको छ । सोहि कार्यक्रममा प्रशिक्षक दिन पुगेका कानुन व्यवसायि एकरामुल हक अंसारी गाँउलेको सहयोगमा पिडित महिलाको समस्या सामाधान गर्न सहयोग गर्दै वहु विवाह, नागरिकता र विवाह दर्ता तथा छोराछोरीलाई लालन पाषणको व्यवस्था मिलाउनलाई समेत मुदा दर्ता गराईन तर दुई महिना वितिशक्दा समेत प्रहरी प्रशासनको व्यवहार देखेर धेरै आक्रोशित भएको कानुन व्यवसायि एकरामुल हक अंसारीले वताए । अर्का तिर बाराका प्रहरी उपरिक्षक दान सिह वोहराले समग्र बारा जिल्लामा महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न अलिकति पनि नचुकेको भन्दै यो घटना ससुरा र वुहारि लाई जिल्ला प्रहरी कार्यलय बाराको हाता भित्र चार पटक समझौता गराएको दावि गरे । एका तिर पिडित महिलाले चार पटक समय दिएको भए ता पनि ससुरालाई एक पटक सम्म उपस्थिति गराउन नसकेको आरोप लगाएका छन् भने अर्को तिर प्रहरी प्रमुख बोहराले फर फारक भएको दावि गर्दा निकै हास्यपश्द भएको देखिन्छ ।
हुन त नेपालका प्रधानमन्त्री डा.वावुराम भट्टराईले गत फागुन २३ गते राजधानिमा भएको एक कार्यक्रममा महिला हिसाँको घटनालाई २४ घण्टा भित्र समवंधित जिल्लाका प्रमुखहरुलाई मुदा फरफार गर्न निर्देशन दिएको भए तापनि बारा जिल्लामा यसको कार्यन्यवन हुन सकेको छौन् ।
No comments
Post a Comment