वीरगंज, १९ पर्सा । हरि खेतान बहुमुखि क्याम्पस वीरगंजले आफ्नो क्यामपसले आधुनिक गुणस्तरीय शैक्षिक गतिविधि कस्तो छ, भने कुरा शनिबार होटल भिस्वामा आयोजित माईक्रोवियल कन्दामिनेशन च्यालेजस एण्ड कन्सक्वीन्ट इम्पेक्ट अन पब्लिक हेल्थ एण्ड एन्भैरोमेन्ट विषयक वृहत कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठीमा त्यस क्यामपसका वि.एस.सी. माईक्रोवायोलोजिका विधार्थीहरुले माईक्रोवियल कन्दामिनेशन संग सम्बन्धी समसामायिक समस्याहरुमा आ–आफ्ना कार्यपत्रहरु पावर प्वाइन्टको मार्फत उत्कृष्ट एवं प्रभावशाली ढंगबाट प्रस्तुत गर्दा शैक्षिक गुणस्तरिय प्रष्ट पारेका छन् । छात्रा मनिष कर्णले सिर्सिया नदीको प्रदुषित अवस्था, पर्ने प्रभााव र मुक्त पार्ने उपायको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन, त्यस माथि डा.श्याम्भुकुमारले सुझाव सहित टिप्पणी गर्नु भएको थियो । सिर्सिया नदिलाई वीरगंज पथलैया कोरिडोरका ४८ वटा उधोग प्रतिष्ठानले प्रदुषित वनाएको सम्वन्धमा टिका टिपन्नी भएको थिायो । त्यसै गरि कृषि जन्य उत्पादनको क्षेत्रमा देखा परेको चुनौतीको विषयमा छात्रा मनिका खडकाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यसमाथि क्षेत्रिय कृषि अनुसन्धान केन्द्र परवानीपुरका क्षेत्रिय निर्देशक कैलाश प्रसाद भुडेरले प्रस्तुति उत्कृष्ट रहेको बताउदै आधुनिक कृषिप्रणलीलाई आत्मसात गर्दै अगाडी बढनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा एन.ए.आ.सी. परवानीपुरका पंकज कुमार झा, डा.रामअवतार खेतान, पर्साका सहायक प्रजिअ चिरञ्जीवी अधिकारी, भारतीयदुतावास वीरगंजका पि.डि.देश पाण्डे, प्रो. विश्व विलाश जोशी, प्रो.डा। महेन्द्र गुप्ता लगायतको उपस्थति रहेको थियो ।
Home
»
»Unlabelled
»
गुणस्तरीय शैक्षिक गतिविधि ।
No comments
Post a Comment