वीरगंज १७ चैत्र
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आफना नेताहरुलाई सत्ता छोडन आग्रह गरेका छन । मधेशी पत्रकार समाज पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चा पर्साका पदाधिकारीहरुले मोर्चा र सरकार विच भएको ४ बुन्दे सहमती सरकारले कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै सत्ता छोडन आग्रह गरेका हुन । पत्रकार सम्मेलनमा गणतान्त्रिक पर्साका अध्यक्ष्ँ शशि कपुर मियाले सरकारले मधेशी नेताहरु माथि भ्रष्टचारको मुद्धा लगाई फसाउने सडयन्त्र गरीरहेको आरोप लगाउदै मधेशी जनताले मागेको स्वायत मधेश एक प्रदेशको माग लाई पुरा गराउन मधेशबाट दबाब दिन आवश्यक रहेको बताउनु भएको हो । पत्रकार सम्मेलनमा लोकतान्त्रिक पर्साका जिल्ला अध्यक्ष हरेन्द्र सिंहले शासक वर्ग र न्यायलयले पनि मधेशमाथि विवेदको निति लादेको आरोप समेत लगाउनु भयो । उहाले आफनो मागलाई पुरा गर्ने कुनै लक्षन नदेखिएको भन्दै शासक वर्गले नै मधेशीलाई विथोल्नका लागि दुई भागमा विभाजन गर्न खोजिएको समेत प्रष्ट पार्नुभयो । उहाले आफनो मागलाई पुरा गराउनका लागि मधेशमा दबाब दिनका लागि प्रभावकारी कार्यक्रम ल्याउने चेतावनी समेत दिनु भयो । पत्रकार सम्मेलनमा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले मेधशी जनताले उठाएको स्वयम मधेश एक प्रदेश पुरा गराउन मोर्चाका नेताहरु मधेशमा फर्कि दबाब दिन आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनमा तमलोपा नेपालका केन्द्रिय सदस्य मोहन चौधरी, जिल्ला अध्यक्ष्ँ जोगिन्द्र प्रसाद कुर्मी, तमलोपाका केन्द्रिय सदस्य राजेन्द्र राय यादव, जिल्ला अध्यक्ष्ँ गोवद्र्धन मेहता, सदभावना पार्टीका जिल्ला अध्यक्ष विपिन यादव, संघिय सदभावनाका जिल्ला अध्यक्ष पप्पु पटेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । मोर्चाले भोली काठमाण्डौको टुडिखेलमा आयोजना गर्न लागेको आमसभामा जिल्ला स्तरिय नेताहरु विरोध स्वरुप सहभागि नहुने पत्रकार सम्मेलनमा जानकारी गराएका छन । मोर्चाका केन्द्रिय पदाधिकारीहरुले आफनो मागलाई पुरा गर्न वा सरकार नछाडे भोलीको दिनमा विभिन्न विरोध कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी समेत दिएका छन । पत्रकार सम्मेलन समाज पर्साका अध्यक्ष संतोष पटेलको सभापतीत्वमा सम्पन्न भएको थियो ।
'via Blog this'
No comments
Post a Comment