Posted by:
Mero samay
Posted date:
6:10:00 AM
/
वीरगंज,वैसाख ११ पर्सा
मुस्लिम समुदायले राज्य पुर्न संरचनामा मुस्लिम पहिचान सहितको संघियताको माग गरेको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन पर्साले सोमबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफनो माग अघि सारेको हो । पत्रकार सम्मेलनमा गठबन्धनका जिल्ला अध्यक्ष महम्मद मियांले गठनबन्धनका मागहरु सार्वजनिक गरेका हुन । गठबन्धनका १० सुत्रिय मागहरुमा मुस्लिम समुदायको पृथक पहिचान, सविधान मुस्लिम आयोग, मौलिक हक, राज्य पुनसंरचनामा मुस्लिम पहिचान सहितको संघियता लगायतको मागहरु रहेको छ । त्यसैगरी राज्य पुर्नसंरचनाका दुई विकल्पहरुमा पहिलो भौगोलिक राज्य, स्वायत क्षेत्र र संरक्षित क्षेत्रहरुको प्रस्ताव भएको छ । जस अन्तगर तराईलाई दुई भागमा विभाजन गरेर पूर्वमा मिथिला— भोजपुरा—कोच—मुस्लिम—मधेश र पश्चिममा ल्ुम्बीनी—अवध—मुस्लिम—थारुवान गरी दुईराज्यको नामाकंरण र सिमांकरण गरिर्नुपर्ने माग गरिएको छ ।
यी राज्यहरुमा मुस्लिम समुदायहरुलाई पनि राजनैतिक अग्राधिकार सुनिश्चित गरिनुपर्ने उल्लेख छ । त्यसैगरी मधेश भित्र झापा, मोरङ, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, रौटहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही बाके र वर्दिया आदि जिल्लाहरुमा जनसंख्याको सघनताको विभिन्न ईलाकालाई कम्तिमा दुई कार्यकालाका लागि अग्राधिकार सहितको मुस्लिम उपराज्य वा स्वायत क्ष्ँेत्रको घोषणा गरिनुपर्ने माग अगाडी सारेका छन । त्यसै पहाडी जिल्लाहरुमा पाच सय भन्दा बढी मुस्लिम जनसंख्या भएका ईलाकाहरुलाई संरक्षित क्षेत्र तोकिनुपर्ने, विभिन्न मुस्लिम बाहुल्यता भएका गाउ र नगरपालिकामा निश्चित अवधिका लागि मुस्लिम समुदायलाई अग्राधिकार प्रदान गरिने संवैधानिक व्यवस्था गर्नुपर्ने माग पनि गठबन्धनले अघि सारेको छ । संघर्ष कार्यक्रम अन्तगत मंगलबार तराईका २२ जिल्लाका जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना घेराउ ज्ञापन पत्र बुझाउने लगायतका रहेका छन ।
No comments
Post a Comment