वीरगंज वैशाखः ११ पर्सा
वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको लक्ष्य पुरा गर्न असफल भएको छ ।चैत मसान्तसम्ममा भन्सार राजश्व असुलीतर्पmको लक्ष्यभन्दा पाँच प्रतिशत न्यून राजश्व असुली भएको हो ।
चैत मसान्तसम्ममा भन्सार राजश्वतर्पm १३ अर्ब ३२ करोड ९३ लाखरुपैयाँ असुलीको लक्ष्य तोकिएकोमा १२ अर्ब ७६ करोड रुपैयाँ मात्र राजश्व असुली भएको भन्सार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
भन्सार राजश्व शीर्षकमा राजश्व असुलीको लक्ष्य पुरा नसकेपनि भ्याट र अन्तःशुल्क सहितको कूल राजश्व असुलीको लक्ष्यभन्दा चार प्रतिशत बढी असुली गर्न सफलता मिलेको भन्सारका सूचना अधिकृत गुणराज सुवेदीले जानकारी दिनुभयो । कूल राजश्वमा ३५ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ असुलीको लक्ष्य रहेकोमा ३७ अर्ब १५करोड २१ लाख रुपैयाँ असुली भएको छ ।
समीक्षा अवधीमा १७अर्ब ४५ करोड ४० लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र ६ अर्ब रुपैयाँ अन्तः शुल्क असुली भएको भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा भन्सार राजश्वतर्पm १२ अर्ब ८ करोड रुपैयाँ, मूअ करतर्पm १५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ र अन्तशुल्क तर्पm ६ अर्ब ३४ करोड २० लाख रुपैयाँ असुली भएको थियो ।
भारत तथा तेश्रो मुलुकबाट आयात हुने मालसामानमध्ये अधिकांश मालसामान वीरगंज भन्सार नाकाबाट नै भित्रिने गरेको छ ।
भन्सार कार्यालयका अनुसार जीपकार लगायतका महँगा सवारी साधनको आयातका साथै इन्धनको आयात मूल्यमा वृद्धि भएका कारण कूल राजश्व असुलीको लक्ष्य पुरा गर्न सफलता मिलेको सूचना अधिकृत गुणराज सुवेदीले बताउनुभयो ।
No comments
Post a Comment