वीरगंज ३० असार
वीरगंज सहर, नगर मात्र होइन, यसले उपमहानगरपालिको दर्जा पाएको पनि झण्डै दुइ दशक पार गरिसकेको छ । मुलुककै मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगंजको नाम, पर्सा जिल्ला सदरमुकामको दर्जामा मात्र नरही, मुलुक र मुलुकबासीको इज्जत एवं प्रतिष्ठासंग सिधै जोडिएका छन् ।
हवाई मार्ग बाहेक स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने विदेशी अधिकाँश विदेशी पाहुनाहरु वीरगंज भएर नै आवत जावत गरि रहेका छन् । भनिन्छ नि कसैको लागि पनि “फस्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन” अर्थात पहिलो प्रभाव नै अन्तिमसम्म रहने छ ।
उसो हो भने स्थलमार्ग मार्फत वीरगंजको बाटो भएर नेपाल प्रवेश गर्ने विदेशी पाहुनाहरुलाई फस्ट इम्प्रेशन कस्तो परिरहेको होला त .........सहजै अनुमान गर्न सकिन्छ ..सवारी साधन समेत राम्रो संग चल्न नसक्ने वीरगंज उममहानगर पालिकाले पाहुनाहरुलाई कुन रुपमा स्वागत गरिरहेका होलान् ।
कुनै पनि समाजको सभ्यता त्यहाँका स्थानिय विकास संग जोडिएका हुन्छन् । स्थानिय विकासको पहिलो तत्वा सडक र यातायात हो । सडक र यातायातको स्तर राम्रो समाजका लागि अन्य सुविधाहरु प्रप्त गर्न सहज हुन्छ ।
वीरगंजको मुटुमा अवस्थित एक मात्र बसपार्कको अवस्थ अतिनै दयनिय छ । नया वसपार्कको नामले परिचित यस वसपार्कलाई पुुरानो थोत्रो बसपार्क भनेर नाम दिन पनि नसुहाउने अवस्थ छ । किन भने बसपार्क, बसपार्कको रुपमा नभएर पोखरीको रुपमा रुपान्तरित भइसकेका छन् । कालो पत्रेको नमुना पनि देख्न पाईदैन । वर्षात हुने वित्तिकै बसर्पाको, पार्कीङ्ग स्थल र सडकमा पानि जमेर हिलाम्य पोखरी बनिदिन्छ । घाम लागेको बेलामा भने दुलो उडेर आसपासको क्षेत्र समेत ढपक्कै ढाक्ने गरेका छन् । घाम लागेको बेला धुलोमा निश्शासिंदै र पानि परेको बेला पोखरीमा अन्दाजको भरमा सवारी चलाउनु पर्ने यहाँका चालकहरुको विवश्ता छ । अन्दाजको भरमा सवारी चलाउँदा बसपार्क क्षेत्र भित्र नै सवारी दुर्घटना हुनसक्ने, सवारीको उपकरण खराव हुने र यात्रुहरुले समेत सास्ती भोग्नु परिरहेको सवारी चालकहरु बताउँछन् ।
बर्षातको समयमा त वीरगंज बसपार्कक्षेत्रमा साइकल र रिक्सा समेत चल्न सक्दैन, पानीको निकास नहुँदा फोहर दुर्गन्धहरु थुप्रिएर दुर्घनधित हुने समस्य त्यतिकै छ । बसपार्क पुन निर्माण तथा मर्मत सम्भार नहुँदा पाइदल यात्रु, एवं सो क्षेत्रका बासिन्दा र व्यावसाहीहरु समेत मर्कामा परेका छन् । बीरगंज बसपार्कबाट मुलुकको राजधानी काडमाण्डौ, पुर्व काकडभिट्टा, इलाम, पश्चिम महेन्द्र नगर भैरहवा, पोखरा लगायत मुलुकका विभिन्न सहर, गाउँसम्म ठुला तथा साना रात्रि एवं दिवा सेवाका सवारीहरु संचालित छन् । यसर्थ पनि गन्तव्यमा पुग्न धेरै जना यात्रुहरुलाई वीरगंजको नयाँ बसपार्क पुग्नै पर्ने बाध्यता छ । यतिबेला हिलो र पानिले ढाकेको वीरगंज वसपार्कमा सवारी समात्न पुग्ने यात्रु समेत पाईदल हिँडेर हेर्दै रमाउँदै तथा अवलोकन गर्दै पुग्न सक्ने अवस्थ छैन । रिक्सा, टाँगा, ट्याम्पो वा अन्य सवारीमा जाने हो भने बसपार्कको सडकमा नै सवारी चिप्लने, डुव्ने वा पल्टेर दुर्घटना हुने हो कि, डर छ ।
वीरगंज नयाँ बसपार्क यो दुरावस्थमा चलेको चार वर्ष भन्दा बढि भइसकेको छ । राज्यको दुकुटीमा कुल राजस्वको ४० प्रतिशत भन्दा बढि रकमा वीरगंजबाट नै संकलन हुने गरेको छ । स्थानिय रुपमा भन्नुपर्दा वीरगंज उपमहानगर पालिकाले पनि बार्षिक तीन करोड भन्दा बढि राजस्व सवारी करबाट उठाउने गरेका छन् । तर बसपार्कको मर्मत सम्भार तथा पुन निर्माणका लागि नत राज्यले चासो देखाएको छ नत वीरगंज उपमहानगर पालिकाले नै ।
मुलुककै इज्जत र प्रतिष्ठा जोडिएको वीरगंज बस पार्कको दुरावस्थ यस क्षेत्रका यातायात व्यावासायीहरुले पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन् । तर पनि उक्त निकायहरुले वेवास्ता गरे पछि आक्रोशित व्यावासायीहरुले यातायात नै बन्द गरेर, थप कडा आन्दोलनको चेतावनी समेत दिएका छन् ।
योजना निर्माणकर्ताहरुको आँखा परेन कि भन्ने हो भने वीरगंज बसपार्क नेता, नेतृ, प्रसानिक अधिकारी र योजना निर्माताहरुको प्रय आवत जावत भइरहने ट्रन्जित प्वाइन्ट हो । रकमको अभाव हो कि भन्ने हो भने वीरगंज वस पार्क राज्य र नगरका लागि दुहुनो गाई हो । योजना निर्माणका लागि ध्यानाकर्षण गराउन नागरिक दवाब पनि परिरहेकै छ । फेरी वीरगंज नयाँ बसपार्कको यो दुर्गति किन त ?
No comments
Post a Comment