Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» » पृथ्वीनारायणको भावनात्मक एकीकरण


इतिहासलाई दुत्कार्नेहरूले वर्तमानमा उन्नति गरेको उदाहरण छैन । पृथ्वीनारायण शाहका सालिक भत्काउनेहरूले पनि अहिले यो कुरा बिस्तारै बुझ्न थालेको आभास भएको छ । पृथ्वीनारायणले भौगोलिक एकीकरण गरे तर भावनात्मक एकीकरण गर्न सकेनन्, उनी क्रूर राजा थिए जस्ता अनेक लाञ्छना लगाइए । तर, इतिहासलाई राम्ररी केलाउने हो भने पृथ्वीनारायणले भावनात्मक रूपमा समेत जनताको मन जित्दै गएको पाइन्छ । काठमाडौँ आक्रमणका समयमा गोर्खाली सेनाले तीनवटा नाकाबाट आक्रमण गरेको थियो, भीमसेनस्थान, नरदेवी र टुँडिखेल । इन्द्रजात्राको माहोलमा मस्त काठमाडौँलाई रक्तपात नगरीकनै गोर्खाली सेनाले नियन्त्रणमा लियो । धेरैको ध्यान नपुगेको तथ्य के हो भने त्यस बेला दक्षिणको एउटा नाका खुलै छाडिएको थियो, लगनतर्फ । यसको उद्देश्य के थियो भने भाग्न चाहनेहरूले भाग्न पाऊन् । चारैतिरबाट नाकाबन्दी हुने गरी आक्रमण भएको भए सम्भवतः प्रतिकार हुन्थ्यो । धेरैको ज्यान जान्थ्यो । यो पृथ्वीनारायणको रणनीतिक चातुर्य थियो ।
सामरिक दृष्टिकोणले नेपालकै महŒवपूर्ण राज्य कब्जा गरेका पृथ्वीनारायणमा विजय उन्माद हुन्थ्यो भने उनले शाक्य कन्या ‘कुमारी’को अगाडि शिर निहुराएर किन टीका थाप्थे ? इन्द्रजात्रालाई किन निरन्तरता दिन्थे ? यहाँका पूजारीका हरेक निर्देशनलाई अक्षरशः पालना गर्दै संस्कृति किन जोगाउँथे । विजय उन्मादमा मानिस कति विवेकहीन हुँदा रहेछन् भन्ने त यहाँका क्रान्तिकारीहरूले सालिकहरूमाथि पुरुषार्थ देखाएर प्रमाणित गरिसकेका छन् । तर, त्यति ठूूलो उपलब्धिमा पनि पृथ्वीनारायणले विवेक गुमाएनन् ।
अर्को कुरा नेपाल एकीकरण प्रारम्भिक चरणको मुट्ठीभर गोर्खाली सेनाले गरेको होइन । समयक्रममा यसले विशाल रूप लिँदै गएको पाइन्छ । अर्थात्, जुन जुन राज्यमा पृथ्वीनारायणले विजय हासिल गर्थे, त्यहाँको सेना पनि गोर्खाली सेनामा मिसिँदै जान्थ्यो । भावनात्मक रूपमा एकीकरण नगरेका भए त पछि सेनाभित्रै विद्रोह हुन सक्थ्यो । वा, पराजित भइसकेपछि पनि अर्को राज्यको सेनाको पछि लागेर किन हिँड्थे ? नेपाल एकीकरण अभियान गोर्खा राज्यको विस्तार मात्र नभएर तत्कालीन अवस्थामा ब्रिटिस साम्राज्यवादविरुद्धको प्रतिरोध पनि हो भन्ने कुरा त्यस बेलाका मानिसले बुझेका थिए । झूटा सपना बाँडेर जनतालाई दिग्भ्रमित पार्नुको साटो इतिहासबाट केही सिक्ने हो भने सबैको भलाइ नै होला । - Aalok Anuragi  को ब्लगबाट ।
«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
पृथ्वीनारायणको भावनात्मक एकीकरण

इतिहासलाई दुत्कार्नेहरूले वर्तमानमा उन्नति गरेको उदाहरण छैन । पृथ्वीनारायण शाहका सालिक भत्काउनेहरूले पनि अहिले यो कुरा बिस्तारै बुझ्न थालेको आभास भएको छ । पृथ्वीनारायणले भौगोलिक एकीकरण गरे तर भावनात्मक एकीकरण गर्न सकेनन्, उनी क्रूर राजा थिए जस्ता अनेक लाञ्छना लगाइए । तर, इतिहासलाई राम्ररी केलाउने हो भने पृथ्वीनारायणले भावनात्मक रूपमा समेत जनताको मन जित्दै गएको पाइन्छ । काठमाडौँ आक्रमणका समयमा गोर्खाली सेनाले तीनवटा नाकाबाट आक्रमण गरेको थियो, भीमसेनस्थान, नरदेवी र टुँडिखेल । इन्द्रजात्राको माहोलमा मस्त काठमाडौँलाई रक्तपात नगरीकनै गोर्खाली सेनाले नियन्त्रणमा लियो । धेरैको ध्यान नपुगेको तथ्य के हो भने त्यस बेला दक्षिणको एउटा नाका खुलै छाडिएको थियो, लगनतर्फ । यसको उद्देश्य के थियो भने भाग्न चाहनेहरूले भाग्न पाऊन् । चारैतिरबाट नाकाबन्दी हुने गरी आक्रमण भएको भए सम्भवतः प्रतिकार हुन्थ्यो । धेरैको ज्यान जान्थ्यो । यो पृथ्वीनारायणको रणनीतिक चातुर्य थियो ।
सामरिक दृष्टिकोणले नेपालकै महŒवपूर्ण राज्य कब्जा गरेका पृथ्वीनारायणमा विजय उन्माद हुन्थ्यो भने उनले शाक्य कन्या ‘कुमारी’को अगाडि शिर निहुराएर किन टीका थाप्थे ? इन्द्रजात्रालाई किन निरन्तरता दिन्थे ? यहाँका पूजारीका हरेक निर्देशनलाई अक्षरशः पालना गर्दै संस्कृति किन जोगाउँथे । विजय उन्मादमा मानिस कति विवेकहीन हुँदा रहेछन् भन्ने त यहाँका क्रान्तिकारीहरूले सालिकहरूमाथि पुरुषार्थ देखाएर प्रमाणित गरिसकेका छन् । तर, त्यति ठूूलो उपलब्धिमा पनि पृथ्वीनारायणले विवेक गुमाएनन् ।
अर्को कुरा नेपाल एकीकरण प्रारम्भिक चरणको मुट्ठीभर गोर्खाली सेनाले गरेको होइन । समयक्रममा यसले विशाल रूप लिँदै गएको पाइन्छ । अर्थात्, जुन जुन राज्यमा पृथ्वीनारायणले विजय हासिल गर्थे, त्यहाँको सेना पनि गोर्खाली सेनामा मिसिँदै जान्थ्यो । भावनात्मक रूपमा एकीकरण नगरेका भए त पछि सेनाभित्रै विद्रोह हुन सक्थ्यो । वा, पराजित भइसकेपछि पनि अर्को राज्यको सेनाको पछि लागेर किन हिँड्थे ? नेपाल एकीकरण अभियान गोर्खा राज्यको विस्तार मात्र नभएर तत्कालीन अवस्थामा ब्रिटिस साम्राज्यवादविरुद्धको प्रतिरोध पनि हो भन्ने कुरा त्यस बेलाका मानिसले बुझेका थिए । झूटा सपना बाँडेर जनतालाई दिग्भ्रमित पार्नुको साटो इतिहासबाट केही सिक्ने हो भने सबैको भलाइ नै होला । - Aalok Anuragi  को ब्लगबाट ।
«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6