Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» » » लाखौँ विद्यार्थीको भविष्यपनि बन्द ।

मोर्चाले बन्दको क्रममा प्रमुख चारदलको सव यात्रामा सहभागि एक स्कुले विद्यार्थी । फोटो : जियालाल  

Jiyalal Sah
जियालाल साह 
एक सातादेखि मधेश बन्दले व्यापारीहरु समेत आजित भएर बन्दको विरोध गरे शिक्षा क्षेत्रका लागि कसैको पनि गाई गुई सुनेको अवस्था छैन । जब कि शिक्षा ति बन्दकर्ता र व्यापारी, व्यवासायी सम्पुर्णलाई अति आवश्यक कुरा हो । 
आन्दोलनमा हाम्रो देश सार्क राष्ट्र मै अगाडी छन्, यसो भनिराख्दा चिन्तित हुदैँ रामाकान्त साह भन्छन, गाँस, बास, कपास जसरी अनिवार्य छ, त्यसरी नै शिक्षा पनि अनिवार्य छ भन्ने, हाम्रा नेताहरुले कहिले बुझदेलान ! अधिकार र प्रदेशकै लागि बन्द हो भने कुन प्रदेशलाई शिक्षा चाहिएको छैन् रामाकान्त प्रश्न गर्छन । उनि एन आई कलेजका विद्यार्थी हुन् नेताहरुले गराएका वर्गिकरण अनुसार उनि मधेशी समुदायमा पर्छन् । यसो भनिराख्दा आफु लज्जित महशुस गरेको रामाकान्त बताउछन् ।  
देशमा गएको विपदले समेत विद्यालयमा पढाई हुन नसकेको अवस्थामा राजनितिक किचलोको बन्दले ठप्प गरेको पठनपाठनमा रामाकान्त झै गौतम माविमा अध्ययनरत राहुल पनि ज्यादै चिन्तत छन् । उनि भन्छन् ‘प्रथम परीक्षा चलदैथिए चार वटा मात्रै परीक्षा सकेको छ, दुई दिन विद्यालय पुगे तर फर्केर आए ।’ विद्यालयलाई शान्ति तथा बन्द मुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्ला तथा केन्द्रका शिर्ष नेताहरुले पहिला नै लिखित रुपमा प्रतिबद्धता जनाइ सकेका छन् । तर नानि देखि लागेको बानि झै वेपरवाह सरकारी, समुदायिक तथा निजि विद्यालय, शैक्षिक संस्थाहरु बन्द गराएका छन् । 
नयाँ वर्षको सुरुवातमै भुकम्पले विद्यार्थीहरुलाई ढेड महिना नराम्रो संग प्रभावित ग¥यो यसैगरी अत्याधिक गर्मिले विदा नै दिनुप¥यो यि यस्तै विपतले आधि वर्ष वित्यो तर विद्यार्थीहरु ३÷४ च्यापटर भन्दा बढी पढन नपाएको अवस्थामा पहिचानको लडाई भनि विद्यालय बन्द गराउनु असोभनिय रहेको माईस्थान विद्यापिठका प्रधानाध्यापक विनोद मेहता बताउछन् । विद्यार्थीहरुको पढने समय वर्षको सुरुवात मै हो, प्रअ मेहता भन्छन झन कक्षा १० का विद्यार्थीहरुलाई फागुन सम्म मात्रै पढउन पाउँछौँ, फलामे ढोका मानिएको एसएलसी परिक्षामा यि यस्तै अवस्था रहे राम्रो प्रतिफलको आस गर्नु दिवा सपना देख्नु बराबर हो । तिन दिने बन्द पश्चात अनिश्चतकालिन बन्दको अहवान सुने लगतै मैले एकल प्रयासमा विद्यार्थीहरुलाई स्कुल पोसाक नलगाई पढानका लागि बोलाए तर अभिभावकहरु डरले मानेनन् दोस्रो दिन देखि विद्यार्थीहरु आएनन् प्रअ मेहताले बताए । प्रत्यकेदिन विद्यार्थी र अभिभावकहरुले बन्द कहिले खुल्छ भनि फोन गरेर हैरान पार्छन बन्दको विकल्प नभइन्जेल विद्यालय बन्द नै रहने बताउने गरेको प्रअ मेहता बताउछन् ।
प्रजातान्त्रिक व्यवस्थामा हक अधिकारका लागि आन्दोलन गर्नु आफनो ठाउमा छदैछ तर शैक्षिक क्षेत्रलाई शान्ति तथा बन्द मुक्त क्षेत्र घोषणामा प्रतिबद्धता गरेर शिक्षा क्षेत्रलाई ठप्प पारि आन्दोलन गर्नु विद्यार्थीको जिवनसंग खेल्वाड गर्नु बराबर रहेको अभिभावक संघका अध्यक्ष अमर गौतम बताउछन् । यस बन्दले पुर्ण रुपमा विद्यार्थी प्रभावित हुने अध्यक्ष अमर गौतम बताउछन, उनि भन्छन विद्यालयको दोष भएको भए विद्यालयले बेहोर्ने कुरा हुन्थ्यो तर बन्दले राजनैतिक स्वार्थ मात्र पुर्ति गर्छ त्यसैले शैक्षिक संस्था बन्द नगराई सञ्चालनमा ल्याईदिएको भए विद्यालयहरुसंग सहकार्य गरेर विदाको दिनमा पनि अध्यापन गराई विद्यार्थीको पढाई मेकअप गराउन्थ्यो ।
बन्दको विरोध गर्दै व्यापारीहरु । फोटो : जियालाल 

बन्दको समर्थन प्याबसनले समेत यसअघि नै गरिसकेको छ, निजि विद्यालयमा अध्यापन गराई रहेका एक अभिभावकले भने निजि विद्यालयहरुको छाता संगठनको रुपमा रहेको यी संस्थाहरु विद्यार्थीको सहयोग गरि विद्यालयहरु खेलाउनुको साटो बन्दको समर्थन गर्नु गैरजिम्मेबारी पन हो । भुकम्पमा पढाई भएन तर विद्यार्थीको शुल्क मिन्हा भएन, यसैगरी गर्मि विदा र यो बन्दमा पढाई नभईरहेको बेलामा यी छाता संगठनहरुले विद्यार्थीको शुल्क मिन्हा गराउछन् उनि प्रश्न गर्दै, विद्यार्थीको भविष्यप्रति स्वार्थको राजनिति नगर्न आग्रह गर्छन् । यता प्याबसन पर्साका अध्यक्ष लालबाबु पटेलले भने शान्तिपुर्ण आन्दोलन भएकोले समर्थन गरेको दाबि गर्छन, उनि भन्छन् विद्याथीलाई पठन पठान मर्का परेपनि हामी शुल्क मिन्हा गराउन सक्दैनौँ वन्द भएपनि घरभाडा, शिक्षकको तलब लगायतको खर्च व्यवहोर्नुपर्नेले हामि वन्दमा विद्यार्थीको शुल्क मिन्हा गरउन नसक्ने अध्यक्ष पटेल बताउछन् । 
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक प्रदिप यादव भने हाम्रो मनोसाय शिक्षा क्षेत्र खोल्नु हो तर स्कुल बस नचलाएर खोल्ने सम्भावना गर्न सकिन्छ हालको अवस्थामा केहि भन्न नसकिने अवस्था रहेको बताउछन् । जिल्ला शिक्षा कार्यलयसंग बुझदा यसै बन्दमा जिल्ला शिक्षा अधिकारी काठमाडौँ भएका कारण नआउनजेल केहि भन्न नमिल्ने एक अधिकारी बताउछन् ।    
«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
लाखौँ विद्यार्थीको भविष्यपनि बन्द ।

No comments:

Cat-5

Cat-6