Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» » » » » बन्दमा विरामिको बेहाल,ग्रामिण भेगका समान्य विरामि सिकिस्त, महंगा एम्बुलेन्स भाडा तिरेर उपचार गराउनुपर्ने बाध्यता



आश्विन २६ पर्सा
जियालाल 
जारी मधेश आन्दोलनमा आज ६० औँ दिन पनि व्यापार व्यवसाय पुर्ण रुपले ठप्प छ, आन्दोलनरत मधेशी मोर्चाले असोजको पहिलो साता देखि सुरु गरेको नाकाबन्दी आज २० औं दिन पनि जारी रहेको छ । बन्दले व्यापार व्यावसाय मात्र नभई ग्रामिण भेगबाट समान्य प्रकारका विरामि धेरै दिन देखि बाटो खुल्ने आसमा अस्पतालमा नआएकाले सिकिस्त भई महंगा एम्बुलेन्स भाडा गरेर अस्पतालमा आउने गरेको छ । प्रत्येक दिन ७÷८ सय विरामि आउने यस अस्पतालमा अहिले सयौँको संख्यामा सिकिस्त खालका विरामिहरु भर्ना भएका छन् ।  
ग्रामिण भेग भवराटार, जानकिटोला, सुवर्णपुर, विजयवस्ती लगायत टाढाका विरामिहरु नियमित सेवन गरिरहेको औषधीहरु सकेर यातायातका साधनहरु चल्ने प्रतिक्षामा सिकिस्त भई अस्पतालमा भर्ना हुन पगेकाछन् । भर्ना भएर पनि चाडै उपचार भईसक्ने अवस्था पनि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालको छैन् । मधेश बन्दले अस्पतालमा चाप मात्र नभई औषधी पनि नपाईरहेको स्थानिय वीरगंज यूवा समाजका अध्यष कमल चौगाईले बताए ।
उप–क्षेत्रिय अस्पतालमा एकै पटक सिकिस्त खालका विरामिको संख्या बढेर सिमित चिकित्सकले उपचार गर्नुपर्ने बाध्यता रहेको छ, यस अवस्थामा नेपाल सरकारले तोकेको चिकित्सकको दरबन्दी अनुसार चिकित्सक नहुदा समेत भएकै कर्मचारीले भ्याई नभ्याई विरामिहरुलाई सेवा दिनु परेको अवस्था रहेकोले नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्यक डा. निरज सिहले बताए । उनले भने खासगरि विरामिको ब्लड प्रेसर, डाईवेटिस सुगर, दम लगायतको औषधी सेवन भईरहेको विरामिहरुको औषधी सिधिरहेको अवस्थामा सिकिस्त भएर समान्य परिवारका मानिसहरु पनि बाध्य भएर उपचार गराउन एम्बुलेन्सको महंगा भाडा तिरेर ल्याउने गरेकाले अस्पतालमा विरामिको संख्या बढेको हो ।
२ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय
यति मात्र नभई आवत जावतको कठिनाईले अस्पतालमा मात्र नभई हातामा रहेका औषधी पसलमा पनि सवै प्रकारका औषधी पाईनै हाल्ने स्थिति नरहेको अस्पतालका नासु उदय शंकर चौधरीले बताए । तर मधेश आन्दोलनमा घाईते भएकाहरुलाई उपचारका लागि चिकित्सकले सिफारिस गरेको औषधी अस्पताल हातामा रहेको फार्मेसिहरुबाट जसोतसो उपलब्ध गराईरहेको नासु चौधरीले दाबी गरे । 
अस्पतालमा अहिलेको अवस्थामा सरसफाई लगायतको समस्यामा धेरै सुधार भएको स्थानिय बताउछन् । तर अस्पतालमा सरसफाईसंगै चिकित्सक पनि हुनुपर्ने २ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय बताए ।


«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child


आश्विन २६ पर्सा
जियालाल 
जारी मधेश आन्दोलनमा आज ६० औँ दिन पनि व्यापार व्यवसाय पुर्ण रुपले ठप्प छ, आन्दोलनरत मधेशी मोर्चाले असोजको पहिलो साता देखि सुरु गरेको नाकाबन्दी आज २० औं दिन पनि जारी रहेको छ । बन्दले व्यापार व्यावसाय मात्र नभई ग्रामिण भेगबाट समान्य प्रकारका विरामि धेरै दिन देखि बाटो खुल्ने आसमा अस्पतालमा नआएकाले सिकिस्त भई महंगा एम्बुलेन्स भाडा गरेर अस्पतालमा आउने गरेको छ । प्रत्येक दिन ७÷८ सय विरामि आउने यस अस्पतालमा अहिले सयौँको संख्यामा सिकिस्त खालका विरामिहरु भर्ना भएका छन् ।  
ग्रामिण भेग भवराटार, जानकिटोला, सुवर्णपुर, विजयवस्ती लगायत टाढाका विरामिहरु नियमित सेवन गरिरहेको औषधीहरु सकेर यातायातका साधनहरु चल्ने प्रतिक्षामा सिकिस्त भई अस्पतालमा भर्ना हुन पगेकाछन् । भर्ना भएर पनि चाडै उपचार भईसक्ने अवस्था पनि वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालको छैन् । मधेश बन्दले अस्पतालमा चाप मात्र नभई औषधी पनि नपाईरहेको स्थानिय वीरगंज यूवा समाजका अध्यष कमल चौगाईले बताए ।
उप–क्षेत्रिय अस्पतालमा एकै पटक सिकिस्त खालका विरामिको संख्या बढेर सिमित चिकित्सकले उपचार गर्नुपर्ने बाध्यता रहेको छ, यस अवस्थामा नेपाल सरकारले तोकेको चिकित्सकको दरबन्दी अनुसार चिकित्सक नहुदा समेत भएकै कर्मचारीले भ्याई नभ्याई विरामिहरुलाई सेवा दिनु परेको अवस्था रहेकोले नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्यक डा. निरज सिहले बताए । उनले भने खासगरि विरामिको ब्लड प्रेसर, डाईवेटिस सुगर, दम लगायतको औषधी सेवन भईरहेको विरामिहरुको औषधी सिधिरहेको अवस्थामा सिकिस्त भएर समान्य परिवारका मानिसहरु पनि बाध्य भएर उपचार गराउन एम्बुलेन्सको महंगा भाडा तिरेर ल्याउने गरेकाले अस्पतालमा विरामिको संख्या बढेको हो ।
२ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय
यति मात्र नभई आवत जावतको कठिनाईले अस्पतालमा मात्र नभई हातामा रहेका औषधी पसलमा पनि सवै प्रकारका औषधी पाईनै हाल्ने स्थिति नरहेको अस्पतालका नासु उदय शंकर चौधरीले बताए । तर मधेश आन्दोलनमा घाईते भएकाहरुलाई उपचारका लागि चिकित्सकले सिफारिस गरेको औषधी अस्पताल हातामा रहेको फार्मेसिहरुबाट जसोतसो उपलब्ध गराईरहेको नासु चौधरीले दाबी गरे । 
अस्पतालमा अहिलेको अवस्थामा सरसफाई लगायतको समस्यामा धेरै सुधार भएको स्थानिय बताउछन् । तर अस्पतालमा सरसफाईसंगै चिकित्सक पनि हुनुपर्ने २ महिने काखे बच्चालाई सुई लगाउन आएका स्थानिय बताए ।


«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6