वीरगंज २४ फागुन २०७२
जियालाल साह
आज महाशिवरात्रि पर्वको अवसरमा वीरगंज नगरक्षेत्रस्थित विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।
बिहानैदेखि विशेषगरी शिवालय, शिवलिङ्ग तथा महादेवस्थानहरूमा श्रद्धालु महिला भक्तजनहरूले पूजा आराधना गरेका छन् । खासगरि वीरगंजको अलखिया मठ, चिनी मिल स्थित शिव मन्दिरमा विहानदेखि श्रद्धालु भक्तजनहरु पुजा पाठमा व्यस्त भएका छन् ।

वीरगंज स्थित अलखिया मठमा पुजा गर्र्दै ब्रतालु । तस्बिर जियालाल |
मेलालाई
व्यवस्थित गर्न मेला समितिले स्वयंसेवक र स्थानीय प्रहरी परिचालन गरेको छ ।
मन्दिरमा भक्तजनहरूले जल चढाउने देखि किसानहरूले वर्षेबाली अन्नको झुप्पा
‘झोटी’ मन्दिरमा लगेर चढाउने गरेका छन् । आज विहान जिल्ला प्रहरी
कार्यालयले भक्तजनको सुविधाका लागि महिला र पुरुषको छुट्टै छुट्टै लाईन
लगाएर पुजाको व्यवस्था गरेको छ भने खासगरि वृद्ध, अशक्तका लागि प्रथमिकताका
साथ अलग दर्शनको व्यवस्था मिलाई दिएको छ ।
वीरगंज स्थित अलखिया मठमा ब्रतालु । तस्बिर जियालाल |
यसैगरी
पर्साको ग्रामीण क्षेत्रका मठमन्दिर, देवालयहरूमा पनि महाशिवारत्रिको
अवसरमा विहान देखि घुइचो बढेको छ । आजबाटै पर्सा जिल्लाको ग्रामीण भेगमा
धार्मिक एवं ऐतिहासिक महत्तव बोकेको जीराभवानी मेला शुरू भएको छ । दस
दिनसम्म लाग्ने जीराभवानी मेला महादेवपट्टि र सेढवा गाविसको दोसाँधमा रहेको
जीराभवानी मन्दिर परिसरमा लाग्ने गरेको छ । मेलामा भारतको बिहारबाट
श्रद्धालु भक्तजनहरू आउने र दश दिन सम्म पुजा पाठ गरि महाशिवरात्रि मनाउने
गर्दछन् । जीराभवानी मन्दिरमा विशेषगरी श्रद्धालु भक्तजनहरूले महादेवको
प्रसादको रूपमा गाँजा र भाङ्ग चढाउने गरेको भए पनि बितेको ४/५ वर्षदेखि
ग्रामीण क्षेत्रमा गाँजा उत्पादन बन्द भएकोले समस्या परेको स्थानीय
भक्तजनहरूले बताएका छन् ।
वीरगंज स्थित अलखिया मठमा पुजा गर्र्दै ब्रतालु । तस्बिर जियालाल |
यसैगरी आज साझ वीरगंजको ऊ शान्ति र विभिन्न शिवको भक्तहरुले शिवचर्चा एवं
महिमा गायन विभिन्न ठाउमा राखेका छन् । भक्तजनहरुले शिवचर्चा गर्नुका
साथैसाझ धुनी तापेर शिवको महिमा गाउने गर्दछन् ।
No comments
Post a Comment